शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यो सँगै शुक्रबार दिउँसोसम्म १६ हजार ६ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १२० जना निको भएर डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म ८ हजार ११ जना संक्रमण मुक्त भएका छन्।
अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् भने ३५ जनाले ज्यान गुमाएका छन्।
देशभरका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना मानिसहरू छन्।