सक्सेस लवस्टाेरी

शाहिद कपूरसँग विवाह गर्न तयार थिइनन् मीरा राजपुत तर...

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

कुनैबेला शाहिद कपुर र मीरा राजपुतको विवाहले सबैलाई चकित पारेको थियाे। यसको कारण शाहिद र मीराबीचको १३ वर्ष लामो अन्तराल थियो। शाहिद र मीरालाई पनि आफ्नो उमेरको बारेमा धेरै ट्रोल गरिएको थियो तर यी कुराहरूले उनीहरूको सम्बन्धलाई असर गरेन। र, आज यी चर्चित जाेडी बनेका छन्। 


बलिउड अभिनेता शाहिद कपुर र  मीरा राजपुतको जोडी बलिउडमा निकै चर्चित छ। मीराका लागि शाहिदसँग विवाह गर्नु ठूलो सपना पूरा भएजस्तै हाे। चकलेटी अभिनेतासँग विवाह गर्ने हरकाेही केटीहरूकाे सपना थियाे। त्यही सपना मीराले पनि देखेकी थिइन्। 

 मीरा र शाहिदबीच लामो उमेरको अन्तर भए तापनि उनीहरूले एक अर्कालाई जीवन साथीको रूपमा रोजे। दुनियाँकाे कुनै प्रवाह नगरी। 

मीरा राजपुत दिल्लीको एक व्यापारी परिवारकी सदस्य हुन। मीरा पढाईमा निकै अब्बल थिइन्। दिल्ली युनिभर्सिटीको क्याट परीक्षामा मीराको नाम टप १० को लिस्टमा समावेश भएको थियाे।

आफ्नो अध्ययन पूरा गरेपछि उनले संयुक्त राष्ट्रसंघमा इन्टर्नसिप पनि गरेकी थिइन् तर अचानक २१ वर्षको उमेरमा मीरा शाहिद कपुरसँग विवाह गरेर रातारात चर्चामा आइन्। 

मीरा राजपुतले एक अन्तरवार्तामा बताएकी थिइन् कि जब शाहिद कपुर पहिलो पटक आफ्नो परिवारलाई भेट्न दिल्ली आएका थिए। त्यतिबेला उनी आफ्नो फिल्म 'उडता पञ्जाब'को सुटिङमा व्यस्त थिए। 

त्याेसमय उनको गेटअप फिल्मअनुसार नै थियो। उनको कपाल निकै लामो थियो। उनको कपाल बाटिएकाे थिया। उनको शरीरमा धेरै ट्याटूहरू थिए र फिल्मको चरित्रको लागि टमीको लुक थियो। उनको जुत्ता पनि निकै अनौठो थियो। 

शाहिदको लुक्स देखेर तर्सिएका थिए मीराका बुबा 

मीराले अगाडि भनेकी थिइन् कि जब उनका पिताले ढोका खोले, उनी शाहिदको त्याे अवतार देखेर डराएका थिए। शाहिदलाई देख्नेबित्तिकै उनको मुखबाट निस्कियो, 'हे भगवान्!'

शाहिद देखेर तर्सिएका उनका बुबाले कपूरकाे अगाडि एउटा शर्त राखेका थिए कि विवाह अघि उसले पहिलेजस्तै आफ्नो कपाल काट्नुपर्छ। यसपछि मीरा र शाहिदको तीन–चार पटक मात्र भेट भएर विवाह भएकाे थियाे। 

मीरा र शाहिदले सन् २०१५ जुलाई ७ मा पञ्जाबी रीतिरिवाजअनुसार विवाह गरेका थिए। शाहिद मीराभन्दा १३ वर्ष जेठा छन्। विवाहको समयमा मीरा २१ वर्षकी थिइन् भने शाहिद ३४ वर्षका थिए।

उमेरकाे कारण विवाह गर्न तयार थिइनन् मीरा तर जेठी दिदीले उनलाई विवाहका लागि तयार गरिन्। अहिले खुसी छन् कपूर दम्पत्ति।

प्रकाशित मिति: : 2023-12-10 20:45:00

प्रतिकृया दिनुहोस्