कैलालीमा भारतबाट आएकी एक महिलाको मृत्यु भएको छ।
यही जेठ २६ गते भारतको सुरतबाट आएकी गोदावरी नगरपालिका १० मा की ४८ वर्षीया महिलाको शुक्रवार साँझ साढे ७ बजेतिर मृत्यु भएको हो। उनी श्रीमान, छोरी र बुहारीसँगै नेपाल आएकी थिइन्।
उनी प्रेसर र प्यारालाईसिसको बिरामी रहेकाले उपचारका लागि भारतमा गएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ। उनी भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसी आरडिटी नेगेटिभ आएपछि घर फर्किएकी थिइन्।
यसाे त ४ जना मध्ये २ जनाको आरडिटी पोजेटिभ आएकाे थियाे। उनीहरु अहिले पनि होम क्वारेन्टाइनमै बसेका छन्।
मृतक महिलाको पिसिआर परिक्षणका लागि शुक्रवार राति नै स्वाब संकलन गरेकाे धनगढी पठाइएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
शव भने अहिले घरमै रहेको छ। रिपोर्ट आएपछि मात्र शवको दहासंस्कार गरिने भएको छ।