‘युट्युबर अराजकता’विरुद्ध एक्सनमा साइबर ब्यूरो र प्रेस काउन्सिल
आगामी वैशाख ३० गतेका लागि सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ। स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तयारी सुरु गर्दै आवश्यक कानुनी, प्रशासनिक र प्राविधिक पक्षको व्यवस्थापन गरिरहेको छ।
स्थानीय तहको निर्वाचनलाई सफल बनाउन यतिबेला निर्वाचन आयोगले मतदाता शिक्षा दिनेदेखि लिएर अन्य व्यवस्थापनको काम गरिरहेको छ। मतदाता शिक्षासँगै निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन पनि आयोगले काम गरिरहेको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए।