प्रदेश २ मा थप ३३ जनामा कोरोना संक्रमण

प्रदेश २ मा शनिबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा १४१ जनाको स्वाब परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हाे।

धनुषाको गणेशमान चारनाथ नगरपालिका विरेन्द्र बजार दुखानीदेवी मावि क्वारेन्टाइनमा ३, महोत्तरीको सम्सी क्वारेन्टाइनमा बस्दै आएका १० , औरही स्थित राम विलास मावि क्वारेन्टाइनमा बस्दै आएका १/१ वर्षका बालबालिका सहित १० जनामा काेराेना देखिएकाे छ।

यता महोत्तरीकै लोहरपट्टीको भायरुखी उच्च मावि क्वारेन्टाइनमा बस्दै आएका १० जनामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ। 

प्रकाशित मिति: : 2020-06-27 13:46:30

प्रतिकृया दिनुहोस्