‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
नयाँ पत्रिका दैनिक
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यकर्तालाई ‘तोकिएको समयमा पार्टीको चौधौँ महाधिवेशन हुने’ कुरा जतिसुकै बुझाए पनि यसले कार्यकर्ताको मनभित्रको संशयलाई मेट्न सकेको देखिँदैन। कोरोना महामारीको तेस्रो चरण ‘डेल्टा भेरियन्ट’ नेपालका सहर–बजार र गाउँ–बस्तीमा फैलिन थालिसकेको अहिलेको अवस्थामा प्रधानमन्त्री देउवाले कांग्रेसको चौधौँ महाधिवेशन हुन्छ भनेर मात्रै महाधिवेशन हुने होइन। मानिसको ज्यानको मूल्यमा पार्टीको महाधिवेशन कहीँ भएको पनि छैन र हुनु पनि हुँदैन। प्रधानमन्त्री देउवाले पदमा बस्नेबित्तिकै खोपलाई आफ्नो प्राथमिकता बताएका थिए। त्यसअनुरूप नै अरू कार्यक्रमका रूपरेखा पनि निर्देशित हुनुपर्छ।
देशको प्रधानमन्त्री भएकै कारण देउवाले कोरोनालाई नै आधार ‘बनाएर’ महाधिवेशनको मिति अलि पर घचेट्न नसक्ने होइनन्। अहिलेको अवस्थामा उनले महाधिवेशन ‘हुन्छ, हुन्छ, हुन्छ’ को रटान नरटे पनि हुन्छ। पार्टीको महाधिवेशन गर्नुपर्ने समयावधि नै एक वर्ष र पाँच महिना घर्किसकेको अवस्थामा आफैँले कुन मुखले त्यसलाई अझै पछि धकेल्नु ? भन्ने लागेको पनि हुन सक्छ, प्रधानमन्त्री देउवालाई। तर, पार्टी कार्यकर्तालाई महामारीको मुखमा धकेल्नुभन्दा केही समयका लागि महाधिवेशन स्थगित गर्नु नै बुद्धिमत्ता हुनेछ। कार्यकर्ताहरू पनि सभापतिको संवेदनशीलता देखेर दंग पर्नेछन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया