शव व्यवस्थापनमा खटिएका २ सैनिकमा कोरोना

पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो।

उनीहरु पाल्पाको पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका थिए।

 ‘स्वास्थ्य मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार सुरक्षा सावधानी अपनाएर शव व्यवस्थापन गरिएको थियाे। तर सोही समयमा भिषण वर्षा भएको हुँदा र्‍याल चुहिएर संक्रमण फैलिएको हुनसक्छ,’ सूचना अधिकारी पन्थीले भने। तर उनीहरुलाई शव व्यवस्थापन गरेको दिनदेखि नै आइसोलेसनमा राखिएको थियो।

प्रकाशित मिति: : 2020-06-27 12:17:08

प्रतिकृया दिनुहोस्