न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
भुपेन्द्र खड्का
१.
मेरो देश मा यस्तै भा छ, बर्सौ पहिले राती बाट !
बिजुलि को काम चल्छ, कुप्पी दियो र बाती बाट !!
घुसखोरी, बलात्कारी,हत्यारा किन छाडनु भयो महोदय ?
प्रहरी सिधा उत्तर दिन्छ-आदेश थियो माथी बाट !!
हामीले नै चुन्यौ जितायौ र देश बनाउन पठायौ,
अफसोच ! र आशा राख्यौ, त्यै राष्ट्रघाती बाट !!
हुन त भोट माग्न आउने हरु पनि, सबै चोर मात्रै छन,
बाध्यता!रोज्नै पर्ने छ एउटा चोर, चोर हरु कै ताँती बाट !!
अचम्म मान्नु पर्दैन, मैले मेरै दुस्मन बाट हुँ मायाँ गर्न सिकेको,
दुश्मनी गर्न त सिकेको हुं, मैले मेरै साथी बाट!!
२.
कोही अघाएको,कोही भोको छ मेरो बस्तिमा!
कोही हाँसेको,कोही रोको छ मेरो बस्तिमा!!
बैज्ञानीक खेती हुन्थ्यो,सीचाइ हुन्थ्यो गरे,
बक्राहा र मावा ले छोको छ मेरो बस्तिमा!!
भैंसीले दुध कहाँ दिन्छ, चाकर हाम्ले नगरे,
लु न काटौ घाँस साथी,डोको छ मेरो बस्तीमा!!
यो परदेसमा पैसा कमाइ,घर फर्किने सोचमा छु,
माटोमा सुन फलाउने, धोको छ मेरो बस्तिमा!!
नखेली हार्नु भन्दा बोरु,खेलेरै हारौउला साथि
हेरौ मलाइ साथ दिने,कोको छ मेरो बस्तिमा!!
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया