विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना भाइरस संक्रमितको संख्या ९० लाख ५७ हजार ५ सय ५५ पुगेको हो।
हालसम्म कोरोना महामारीका कारण विश्वभर ४ लाख ७० हजार ७१६ जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरसको महामारीबाट अमेरिका सबैभन्दा प्रभावित भएको छ। अमेरिकामा २३ लाख १० हजार ३ सय ३४ जना संक्रमित छन् भने कोरोना भाइरसकै कारण ज्यान गुमाउनेहरुको संख्या १ लाख २० हजार ३ सय ९४ पुगेको छ।
यता दक्षिण अमेरिकाकै अर्को देश ब्राजिल कोरोना संक्रमणबाट दोस्रो बढी प्रभावित देशमा छ। ब्राजिलमा ११ लाख ४ हजार बढी संक्रमित र ५१ हजार २ सय २८ जनाको मृत्यु भएको छ।
तेस्रो स्थानमा रहेको शक्तिशाली देश रुसमा ५ लाख ९१ हजार ४ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको। कोरोना भाइरसकै कारण रुसमा ज्यान गुमाउनेहरुको संख्या ८ हजार १ सय ९६ रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ।
कोरोना भाइरस संक्रमित व्यक्तिहरुको आधारमा भारत चौथो स्थानमा छ। भारतमा ४ लाख २५ हजार बढी संक्रमित रहेको र १३ हजार ६ सय बढीको मृत्यु भएको छ।