१ सय ४७ करोड लागतमा अन्तरिक्षमा होटेल बनाउँदै नासा

अमेरिकाले अन्तरिक्षमा एउटा होटल निर्माण गर्ने भएको छ। अन्तरिक्षमा बनाइने उक्त होटलको लागत १४७ करोड डलर हुने बताइएको छ।

अन्तरिक्षको मध्यस्थानमा बन्ने अमेरिकी होटल एएटा सानो स्टुडियो अपार्टमेन्ट जत्रै हुनेछ। सन् २०२३ सम्ममा उक्त होटलको निर्माण सम्पन्न हुने बताइएको छ।

यो होटलले एकातर्फ चन्द्रमा र पृथ्वीको बीचमा रहेका अन्तरिक्षयानहरुलाई जोड्ने केन्द्रको रुपमा काम गर्नेछ भने अर्कोतर्फ चन्द्रमाको परिक्रमा गर्ने स्पेस स्टेसनमा जाने अन्तरीक्षयात्रीका लागि बासस्थानको काम गर्नेछ।

अमेरिकाले सन् २०२३ देखि चन्द्रमाको अन्वेषणका लागि चन्द्र कक्षमा घुम्ने नासा गेटवे नामक स्पेस स्टेसनको स्थापना गर्नेछ।

यसका लागि नासाले नर्थरोप ग्रुम्यान स्पेस नामक संयन्त्र खडा गरेको छ। त्यसले अन्तरिक्ष यात्राका क्रममा बसोबास तथा बन्दोबस्तीको लागि एउटा गेष्ट हाउस निर्माण गर्नेछ। उक्त होटल गेष्ट हाउसको नाम ह्याबिटेसन एण्ड लजिस्टिक आउटपोष्ट (ह्यालो) राखिएको छ।

अन्तरिक्षमा बन्ने उक्त होटल चन्द्रमाको दिगो अन्वेषणको क्षेत्रमा महत्वपूर्ण कोशेढुङ्गा बन्ने नासाका आधिकारीले जनाएका छन्। साथै यसले मंगल ग्रहमा मानिस पठाउने भविष्यको योजनामा समेत सहयोग गर्ने विश्वास नासाको छ।

नासाले सन् २०२४ सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आर्टेमिस नामक परियोजनाको सुरुवात गरेको छ। उक्त योजना अन्तर्गत पहिलोपटक चन्द्रमामा एकजना महिला अन्तरिक्षयात्री पठाउने योजना नासाको छ।

प्रकाशित मिति: : 2020-06-15 10:03:33

प्रतिकृया दिनुहोस्