बाँकेको एक आइसोलेसनबाट भागेका कोरोना संक्रमित अझै भेटिएका छन्। जानकी गाउँपालिका २ मा रहेको श्री माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरबाट भागेका ती संक्रमितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कायार्यलय बाँकेले जनएको छ।
गत जेष्ठ ९ गते क्वारेन्टाइनमा राखिएका उनी नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुरका हुन्। ती युवकमा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण देखिएपछि उनलाई आइसोलेसन सेन्टरमा राखिएको थियो। त्यहाँको सुरक्षाको लागि दुई जना मात्र प्रहरी तैनाथ छन्।
उनी सोमबार राति शैचालय जाने बाहनामा आइसोलेसन सेन्टरबाट भागेका हुन्।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले उनको खोजी कार्य जारी रहेको बताए। उनका अनुसार ती संक्रमित भारत पुगेका हुन सक्छन्। सीमावर्ती भारतीय प्रहरीसँग समन्वय गरेर त्यहाँ पनि खोज्न लगाइएको उनले बताए। ‘हामीले उनलाई खोजिरहेका छौं। यहाँ कतैपनि नभेटिएपछि भारत पुगेको हुन सक्ने हाम्रो आशंका छ,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै ओलीले भने।
आइसोलेसन सेन्टरमा ४१ जना संक्रमित उपचारत रहेका छन्। आइसोलेसनमा रहेका सबै संक्रमितहरुमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ।