एसईईका सम्बन्धमा विशेष निर्णय लिइने

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईका सम्बन्धमा विशेष निर्णय लिइने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शिक्षा मन्त्रालयले तत्कालै कदम चाल्ने प्रधानमन्त्रीको भनाई थियो ।

धानमन्त्री ओलीले एसइई परीक्षा नहुँदा विद्यार्थी अन्यौलमा रहेको पनि बताए।

‘एसइईका लागि मन्त्रालयले छिट्टै प्रबन्ध मिलाउनेछ,’ उनले भने। तर मन्त्रालयले एसइईबारे के गर्दैछ भन्नेबारे प्रधानमन्त्रीले प्रष्ट खुलाएनन्।

कोरोना महामारीपछि एसइई परीक्षा स्थगित छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कक्षा व्यवस्थापन गरी नयाँ शैक्षिक सत्र सुरू हुने बताएका छन्।

यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

 

प्रकाशित मिति: : 2020-05-25 17:53:49

प्रतिकृया दिनुहोस्