जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
बिएल संवाददाता
राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा मालेका महासचिव सीपी मैनालीमाथि खनिएका छन्।
मैनालीले शुभकामना दिने क्रममा राजा महेन्द्र र वीरेन्द्रको राष्ट्रवादको प्रशंशा गर्दै अहिलेका नेताहरु बाह्य हस्तक्षेपविरुद्ध बोल्न नसकेको बताएपछि प्रचण्ड उत्तेजित भएका हुन्।
मैनाली उनै नेता हुन्, जसले ०२८ सालको 'सशस्त्र झापा विद्रोहुको नेतृत्व गरेका थिए। त्यही झापाविद्रोहबाट प्रभावित भएर ०५२ सालमा माओवादीले 'सशस्त्र द्वन्द्व' घोषणा गरेको थियो। झापा विद्रोहमा करिब आधा दर्जन मारिएका थिए भने माओवादी द्वन्द्वमा साढे १७ हजार नेपालीको ज्यान गएको थियो।
भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्न प्रचण्ड र मैनाली दुवै नेता पुगेका थिए। मैनालीले आफ्नो पालोमा २००७ सालबाट सुरु भएको बाह्य हस्तक्षेप २०४६ सालपछि निकै बढेको बताए। उनले भारतमा बसेर हाँकिएको माओवादी सशस्त्र युद्धले पनि नेपालमा हस्तक्षेप बढेको बताएका थिए।
'पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालमा बाह्य हस्तक्षेप अचाक्ली बढे पनि नेताहरू बोल्न नसकेकोु बताउँदै उनले भने, ‘यसबाट देशलाई मुक्त गराउन अब देशभक्त एकजुट हुनुपर्ने भएको छ। देशभक्त एक ठाउँमा उभियौँ। देशको जल्दाबल्दा समस्या समाधान भने जुनसुकै विचारधाराका भए पनि एक ठाउँमा हौँ।’
राप्रपा महाधिवेशन सफलताको शुभकामना दिँदै आफ्नो पालोमा बोल्दै प्रचण्डले राजा महेन्द्रको प्रशंसा गरेको र माओवादी आन्दोलनप्रति मैनालीले गरेको टिप्पणीको प्रतिवाद गरे। प्रचण्डले भने, ‘राजतन्त्र निरंकुश भएकोले हटाउनुपर्छ भनेर टाउको काट्ने आन्दोलनको सुरुवात सीपी मैनालीजीहरूले नै गर्नुभएको हो। अहिले आएर राजा महान भन्दिनु भो। मलाई लाग्यो सीपीजी राप्रपाको अध्यक्ष बन्न पो खोजेका हुन् कि ? त्यसो हो भने मेरो शुभकामना।’
प्रचण्डले आफू सीपी मैनालीले जस्तो जे पनि बोल्न नसक्ने भन्दै उनीप्रति रोष प्रकट गरे। ‘सीपीजीले त भनिदिनुभयो राजा महान भनेर तर म त्यस्तो बोल्न सक्दिनँ’, प्रचण्डले भने।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया