चीनको वुहान शहरमा पहिलो पल्ट कोरोना संक्रमित शून्य

बिएल संवाददाता

काठमाडाै‌ं

चीनको वुहान शहरमा पहिलो पटक कोरोना संक्रमित शून्यमा झरेको छ ।

चीनको नेसनल हेल्थ कमिसनका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमा भने ‘पछिल्लो खबरअनुसार अप्रिल २६ मा वुहानमा नयाँ कोरोना संक्रमित बिरामीको संख्या शून्यमा झरेको छ। वुहान र देशका अन्य भागका स्वास्थ्यकर्मीहरुको संयुक्त प्रयासबाट यो सम्भव भएको हो।’

 यो सबै स्वास्थ्यकर्मीको मिहेनतले सम्भव भएको उनले बताएकाे चीनको सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ ।

वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो ।

चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र रहेका पनि खबरमा उल्लेख छ । चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मिति: : 2020-04-27 07:03:16

प्रतिकृया दिनुहोस्