काेराेना कहर: विश्वभर साढे २९ लाख भन्दा धेरैमा पुष्टि, २ लाख ६ हजारले ज्यान गुमाए

बिएल संवाददाता

काठमाडाै‌ं

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्वभरी साढे २९ लाख भन्दा धेरैमा पुष्टि भएको छ । 

जसमध्ये ८ लाख ७७ हजारभन्दा धेरै निको भएका छन् । १९ लाख भन्दा धेरैको उपचार चलिरहेको छ । उपचार गराईरहेका मध्ये ५७ हजार ५ सय ९१ जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डओमिटले जनाएको छ ।

२ लाख ६ हजारभन्दा धेरैको भने ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ९ लाख ८६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ५५ हजारभन्दा धेरैको ज्यान गएको छ । 

यस्तै गएको २४ घण्टामा इटालीमा यो महिनाकै कम २ सय ६० जनाको ज्यान गएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या साढे २६ हजार नाघेको छ ।

यसैगरी स्पेनमा २३ हजारभन्दा धेरै, फ्रान्समा साढे २२ हजारभन्दा धेरै र बेलायतमा साढे २० हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा पनि संक्रमितको संख्या बढ्दो छ । 

भारतमा अहिलेसम्म साढे २७ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा साढे ८ सय भन्दा धेरैको ज्यान गैसकेको छ ।

प्रकाशित मिति: : 2020-04-27 06:48:49

प्रतिकृया दिनुहोस्