नेपाल कोरोना उच्च जोखिमको सूचीबाट बाहिर

नेपाल कोरोनाभाइरस उच्च जोखिमको सूचीबाट हटेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले कोरोनाभाइरस संक्रमण रोकथामका लागि राम्रो भूमिका खेलेको भन्दै यो निर्णय गरेको हो। अब नेपाल जोखिमको सूचीमा मात्र सूचीकृत छ।

चीनको वुहानमा कोरोना भाइरस संक्रमण देखिँदा चीनसँगै जोडिएको नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेको थियो। तर, चीनबाट ल्याइएका एकजना युवामा मात्र कोरोनाभाइरस संक्रमण देखिएको र उनी पनि निको भर फर्किएपछि त्यस कोणबाट नेपाल उच्च जोखिममुक्त भएको मानिएको थियो।

यसैबीच भारतमा  कोरोनाको उच्च जोखिम देखियो। त्यसलगतै भारत र नेपाल दुबैले लकडाउन गरेर कोरोना संक्रमणविरूद्ध कडा अभियानमा उत्रेपछि नेपालमा त्यसको ठूलो प्रभाव देखिएन।

नेपाल कोरोनाभाइरस उच्च जोखिमको सूचीबाट हटेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले कोरोनाभाइरस संक्रमण रोकथामका लागि राम्रो भूमिका खेलेको भन्दै यो निर्णय गरेको हो । अब नेपाल जोखिमको सूचीमा मात्र सूचीकृत छ।

नेपालमा आजसम्म ४९ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको र तीमध्ये पनि १२ जना निको भएर घर फर्किसकेको स्थिति छ। ८७ जना आइसोलेसनमा छन् भने सन्तोषको कुरा एकजना नेपालीलाई पनि कोरोनाले जित्न सकेको छैन। 

यी सबैं सूचांकका आधारमा नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले  कोरोनाभाइरस उच्च जोखिमको सूचीबाट हटेको छ।   

प्रकाशित मिति: : 2020-04-26 01:04:59

प्रतिकृया दिनुहोस्