बेलायतमा कोरोना भाइरसका कारण जुम्ल्याहा दिदी बहिनीले ज्यान गुमाएका छन्।
३७ वर्षका जुम्ल्याहा दिदी बहिनी डेविस र एमा डेविसको तीन दिनको फरकमा निधन भएको हो ।
बालबालिकाकी नर्सको गएको मंगलबार साउथह्याप्टन अस्पतालमा निधन भएको थियो । एमाको शुक्रबार सोही अस्पतालमा निधन भएको हो । एमा पनि पूर्व नर्स हुन् ।
‘उनीहरु जहिले पनि यो संसारमा हामीसँगै आएकाले बिदा पनि सँगै हुन्छौं भन्थे, त्यस्तै भयो’, उनकी दिदी जोइले भनेकी छिन् ।
दुवै अति मिल्ने र प्रयासँगै रहने गरेको उनले बताइन् । दुवैमा अरु स्वास्थ्य समस्या पनि थियो ।