ओलीनिकट नेतासँग वामदेवले भने– अध्यक्षले निर्णय नमान्ने कल्पना गरेको छैन, नत्र दुर्घटना !

लोकान्तर

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सेलाएको राजनीति बिस्तारै तात्न थालेको संकेत देखिएको छ ।

मिर्गाैला प्रत्यारोपणपछि ओली अस्पतालमै आराम गरिरहेका बेला उनी निकट दुई नेता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र संघीय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग छुट्टाछुट्टै भेट गरी विद्यमान राजनीतिक विषयमा कुराकानी गरेको खुलेको छ ।

मुख्यमन्त्री पोखरेलले आइतवार र ढकालले सोमवार गौतमसँग भेट गरेका हुन् । केहीअघि नेकपाभित्र देखापरेको आन्तरिक द्वन्द्व समाधान र मेलमिलापका लागि नेताद्वयले गौतमसँग भेट गरेको प्रचार गरिएपनि दुवै नेताले मेलमिलापबारेको प्रस्ताव लिएर आफूलाई भेट्न नआएको तर भेटमा राजनीतिक विषयमा कुरा भएको उपाध्यक्ष गौतमले लोकान्तर डट्कमसँग बताए ।

प्रकाशित मिति: : 2020-03-11 11:03:19

प्रतिकृया दिनुहोस्