‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
डिल्ली पाण्डे
यात्राले रोचक र अविस्मरणीय अनुभव थप्छ। अनि बर्सेनि लाखौं पर्यटकहरू घुम्नका लागि आउँछन्, क्वालालम्पुर। केएल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सडकदेखि टावरसम्मै भेटिन्छन्, नेपाली, भारतीय, पाकिस्तानी र बर्मेली।
मलेसिया मनोहर छ। रोचक अनि चाखलाग्दो। जताततै हरियाली, तिर्खा मर्ने वातावरण। रमाइलो अनि शान्त। मलेसियाको सुन्दरता देखेर पर्यटकहरू छक्क पर्छन्। केएल अर्थात् क्वालालम्पुरले इन्जिनियरिङको एउटा ठूलो र नयाँ आयाम देखाउँछ। यात्रु वा कामदार चकित पर्छन्। अनि रोमाञ्चक अनुभूति गर्छन्।
मलेसियाको चोक, गल्ली, सडक हिँड्दै जाँदा समय बितेको पत्तै हुँदैन। केलाङ नदी राजधानी सहर वरिपरि बेरिएको छ। तीरै–तीर डुल्दा समुन्द्री तटसम्मै पुग्न सकिन्छ।
‘केएल’ मलेसियाको एउटा दृश्य हो– जसलाई पर्यटकहरू विकास र समृद्धिको आँखीझ्याल मान्छन्। जताततै कलकारखाना। कपालको धर्साजस्तै सडक, गगनचुम्बी भवन, केलाङको कञ्चन पानी, स्वच्छ नीलगगन। वाह! ‘केएल’को रंगीन जीवन। तारकीय खान्की।
मलेसिया यात्राको बाँकी बखान हुँदैगर्ला तर आज चाहिँ खानाको चर्चा गरौँ। मनमोहक महानगरमा खानाका लागि हजारौं पर्यटक आउँछन्। ‘बुकिबिन्ताङ’मा दिनदिनै नयाँ–नयाँ मानिसको ओइरो लाग्छ।
उनीहरू मलाय र चाइनीज ‘स्वाद’ लिन आइपुग्छन्। टावरमुनिको विशाल पदयात्रामा प्लाष्टिकका कुर्सी–टेबुल फैलिएका छन्। अनि स–साना स्टल। जालान अलोरमा खानाको अचम्मलाग्दो विविधता छ। सस्तो मूल्यमा माछा–मासु, चाइनीज साग, ओइस्टर सस, फ्राइड चाउचाउ र मिठाइको जिब्रो पट्काउँदै मजा लिन्छन्।
कतिपय स्टलभित्र रक्सी पिइरहेका हुन्छन्। ‘बुकिबिन्ताङ’ पर्यटकीय हिसाबले ‘केएल’को मुख्य केन्द्र हो। पर्यटकहरू रातको समयमा खाना खानाका लागि यहाँ आइपुग्छन्। खान्की बजार रातभरि खुल्छ। तर दिउँसो पूरै बन्द। जालान अलोर लगभग सबै पर्यटकहरूले रोज्छन्।
‘बुकिबिन्ताङ’ खाना केन्द्र हो। जहाँ चिनियाँ समुन्द्री खाना खानका लागि भीड लाग्छन्। रोमाञ्चक संगीत। अन्धो शहरको रोचक बत्ती। मज्जाले खाना खाइरहेका अनेकौं रंगका मानिस। युवायुवती भेटिने पार्लर। अनेकौं क्याफे–स्टल। कहिल्यै नसुत्ने सडक। हिँडिरहेका पैदल यात्री। अनि पाँच तारे होटल। ‘बुकिबिन्ताङ’ रम्दा यस्तो लाग्छ– एउटा सानो संसार छ। भूलभुलैयामा भेटिन्छन्, रैथानेदेखि नेपालीसम्म।







.jpg)





‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया