इञ्जिनीयर बन्न काठमाडौं आएका हिमेश कसरी बने कमेडियन ?

लोकान्तर

काठमाडाैं
प्रदिप अधिकारी

नेपालको पहिलो हाँस्य रियालिटी शो 'कमेडी च्याम्पियन'ले उत्कृष्ट तीन कमेडियन पाइसकेको छ । तीनै मध्येका एक हुन्- हिमेश पन्त ।

लोजिकल कमेडियनको रूपमा चिनिएका धादिङ जुँगेखोलाका हिमेश पन्त बिहीवार साँझ निकै व्यस्त देखिन्थे ।

कलंकीस्थित ह्वाइट र्‍याबिट रेष्टुरेन्टमा भेटिएका उनमा चुनावलाई चुनावले छोएको प्रष्टै देखिन्थ्यो । शीर्ष तीनमा पुगेका हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुनमध्येबाट सर्वाधिक भोट प्राप्त गर्ने एक जना नेपालको पहिलो कमेडी च्याम्पियन बन्नेछन् । त्यसैले हिमेश पनि अहिले चुनावी दौडधुपमा छन् । उनले यतिबेला बधाईसँगै सक्दो भोट हाल्ने वाचा समेत पाइरहेका छन् । त्यो उनको तारन्तार आइरहेको फोनबाट थाहा लाग्थ्यो ।

प्रकाशित मिति: : 2020-03-01 21:48:39

प्रतिकृया दिनुहोस्