मलेसिया भाग्दै गर्दा १५ राेहिंग्या पानीमा डुबेर मरे

अवैधानिक रुपमा दक्षिणी बंगलादेशबाट मलेसियातर्फ भाग्न लागेका १५ जना राेहिंग्या शरणार्थीकाे मंगलबार ठूलाे डुँगा दूर्घटनामा निधन भएकाे छ। उनीहरु बंगालकाे खाडी छिचाेलेर मलेसिया जाँदै थिए। बंगलादेशका एक तटरक्षक अधिकारीले यसकाे पुष्टी पनि गरेका छन्। डुँगा दूर्घटनामा परेका अन्य ७७ जनाकाे उद्धार गरिएकाे बताइएकाे छ। ४० जना अझै बेपत्ता भएकाे पनि स्थानीय समाचारले बताएकाे छ। 

तटरक्षक लेफ्टिनेन्ट हयात इब्ना सिद्धिकीले भने–‘दूर्घटना सेन्ट मार्टिन द्धिप नजिकै बिहान ७ बजे भएकाे थियाे। डुँगा ठूलाे चट्टानमा ठाेकिन पुगेका थियाे।’

तटरक्षक कमाण्डर नइम उल हकले १५ जनाका शव बरामद भइसकेकाे र ७० जनालाई सकुसल उद्धार गरिएकाे बताए। बर्मामा सन् २०१७ मा सैन्य कार्यवाहीबाट डराएर भागेका ७ लाख भन्दा बढी राेहिंग्या ब‌ंगलादेशकाे शरणार्थी शिविर छाेडेर समुन्द्री मार्ग हुँदै मलेसिया जाने तरखरमा थिए। पीडितमध्ये सबैभन्दा बढी महिला भएकाे र उनीहरु कँक्स बजारस्थित टेकनाफ र उखिया अपजिलाकाे विभिन्न राेहिंग्या शिविरमा बसाेबास गर्थे। 

 

प्रकाशित मिति: : 2020-02-12 07:17:32

प्रतिकृया दिनुहोस्