माघीकाे अवसरमा शुभकामना दिँदै प्रचण्डले भने : 'विविधता भित्रको एकता नै नेपालीको मौलिक पहिचान हो'

सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्दछ'

फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघी तथा माघे सङ्क्रान्ति पर्वको शुभकामना दिएका छन्।

उनले बुधबार एक शुभकामना सन्देश जारी गर्दै माघी पर्व मनाउने थारु, मगरलगायत समुदाय तथा माघे सङ्क्रान्ति पर्व मनाउने सम्पूर्ण नेपालीलाई शुभकामना दिएका हुन्।

'यस्ता पर्वले सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्दछ' जारी सन्देशमा भनिएको छ।

'नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो। विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो', अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ, 'बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्।'
 

प्रकाशित मिति: : 2020-01-15 16:54:16

प्रतिकृया दिनुहोस्