उमेश आचार्य
पिडा छ?
- छ।
स्वतन्त्रता?
- छैन।
अनि हाँसो नि?
- एकादेशको कथा।
विद्रोहका टुसा नपलाएका हैनन्,
गुहार माग्दै नचिच्याएको पनि हैन,
प्रत्येक पल
जब उम्किने प्रयास भयो,
जब स्वतन्त्रताको भूत उसमा चढ्न लागे,
उस्ले आफ्नै अस्तित्व बलिदान दिएर खरानी हुन पर्यो।
आज फेरि खुकुरीले प्रश्न गर्यो- खुसी छस् ?
उसले एकाएक सम्झियाे- आगोको राप,
सम्झियाे- आफ्नै अस्तित्व,
र मनभरीका चाहना गुम्साएर
अचानोले बोल्यो-
"हजुर !"
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया