गणितमाथि नीति निर्माताहरुको लगातार आक्रमण किन?

कक्षा ११ र १२ को पाठ्यक्रमको प्रारुप छलफल विगत २ वर्ष अगाडिबाट भइरहेको छ। पाठ्यक्रम विकास केन्द्र (CDC) ले तयार गरिरहेका प्रारूप र पाठ्यक्रममा धेरै विवाद आएकोले विगतका वर्षहरुमा लागू हुन सकिरहेको छैन।

अझ गणीत विषयमा भैरहेको बहस पेचिलो भैराखेको छ। कहिले प्रायोगिक गणित अनिवार्य गर्ने प्रारुपको ड्राफ्ट गराउने सिडिसि त कहिले गणित विद्यार्थीले रोज्न चाहे पनि रोज्न नमिल्ने गरी प्रारुप तयार पारेको छ। विज्ञान तथा प्रविधीका मेरुदण्ड रहेको गणित प्रति किन नीतिनिर्माणकर्ताले अवज्ञा तथा आक्रमण गरीराखेका छन्। बुझ्न निकै कठिन रहेको छ।

नेपाल गणित समाजका सह(सचिव तथा केन्द्रीय गणित विभागका उपप्राध्यापक डा. जिवन काफ्लेले विज्ञान तथा प्रविधीको युगमा गणित तथा विज्ञानका विषयहरुलाई महत्व दिनुपर्नेमा यस विपरीत देशका नीतिनिर्माणकर्ता उल्टो दिशामा जान लागेको आफूले महसुस गरेको बताए।

‘गणित यस्तो विधा हो जुन सबै प्राकृतिक र सामाजिक विज्ञानमा प्रयोग हुन्छ तथा गणितको अध्ययन अध्यापनले विद्यार्थीको सिप, आत्मविश्वास, सिर्जनसिलता, गहिराइ सम्म सोच्न सक्ने क्षमताको विकास हुन्छ । तसर्थ गणित विज्ञान तथा प्रविधीको आधार स्तम्भ हो,’ डा. काफ्लेले बताए।

अहिलेको प्रारूपको असर?

हाल सञ्चालनमा रहेको प्रारुपमा विज्ञान विधाका विद्यार्थीले ११ कक्षामा अंग्रेजी  अनिवार्य र चार वटा ऐच्छिक विषयहरु गरी जम्मा ५ वटा विषय र १२ कक्षामा अंग्रेजी र नेपाली अनिवार्य र ३ वटा ऐच्छिक  गरी जम्मा ५ वटा विषयहरु पढ्छन्।  तर अहिले सिडिसिले बनाएको प्रारुपमा ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अनिवार्य  र ३ वटा ऐच्छिक विषयहरु गरेर जम्मा ६ वटा पढ्नेछन् तथा १२ कक्षामा अंग्रेजी, नेपाली र जिवन उपयोगी र ३ वटा ऐच्छिक विषयहरु गरेर जम्मा ६ वटा पढ्नेछन्।

यसरी विषयहरू ५ वटा बाट ६ वटा थपिए पनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पार्ने देखिन्छ। अन्य देशहरुमा कतै माध्यम भाषा बाहेक अरुलाई ऐच्छिक हुनु तथा कतै गणित तथा विज्ञानलाई अनिवार्य रुपमा सामेल गरिएको हुन्छ । ११ र १२ दुवैमा तीन-तीन वटा अनिवार्य विषय राखेर विद्यार्थीहरुको रुचिकर  विषयहरु पढ्नबाट बन्चित गरेको देखिन्छ।

प्रारुपमा गणित ओझेलमा हुँदाका समस्या ?

अहिले सिडिसिले ल्याउन खोजेको प्रारुपमा विज्ञान विषयहरु बायोलोजी, फीजिक्स र क्यामिस्ट्री पढ्ने विद्यार्थीहरुले चाहेर पनि गणित विषय पढ्न पाउने छैनन्। तर नन् क्रेडिटमा सातौँ विषयको रुपमा पढ्न पाउँछन्। डा. काफ्लेका अनुसार विद्यार्थीका कम रुचि भएका विषयहरु ११ र १२ मा अनिवार्य गर्ने तर धेरैको रुचि र विज्ञान तथा प्रविधीको जगलाई नन् क्रेडिटमा पढ्न वाध्य बनाउने, यो कस्तो प्रारुप हो।

विश्वविद्यालयमा १०० पुर्णाङ्कको गणित पढेर बायोलोजी पढ्ने धेरै विद्यार्थी पढिरहेका छन्। त्यस्तै फरेस्ट्री, कृषि, BmathSc पढ्न पनि १०० पुर्णाङ्कको गणित पढ्नै पर्छ। यसरी विश्वविद्यालयमा अध्ययनका लागि शर्तहरुको कुनै वास्ता नगरी एक पक्षीय रुपमा पाठ्यक्रम बनाइ  विश्वविद्यालय  प्रवेश गर्ने विद्यार्थीहरुको भविष्यप्रति खेलवाड गरेको देखिन्छ।

यसैगरी गणित र व्यवसायिक गणितलाई एउटै समूहमा राखी यसभन्दा अगाडि भइरहेको प्रारूपमा दुवै गणित विद्यार्थीले चाहेमा पढ्न पाउने व्यवस्थाबाट म्यानेज्मेन्ट  पढ्ने विद्यार्थी बन्चित हुने देखिन्छ। जसले गर्दा यो विधाका विद्यार्थीलाई पछि सिए, बिबिए र आईटी पढ्न समस्या हुने देखिन्छ।   

अध्ययन पछि जागिरका लागि विभिन्न पदमा परीक्षा दिँदा गणित र आईक्यू विधा समावेश गरिने तर ११ र १२ को प्रारुपमा गणितलाई महत्व नदिने विरोधाभाष कार्य छ।

विदेश अध्ययन गर्नका लागि जुनसकै निकायको विद्यार्थीहरुले दिने एप्चिच्युट टेस्ट जस्तै जिआरई, स्याट, जिम्याटहरुमा पनि अत्याधिक रुपमा गणितका प्रश्नहरु समावेश गरिएका हुन्छन्।

हालसालै त्रि वि को इन्जिनियरिङ्ग अध्ययन सस्ंथान आइओइमा प्रवेश परक्षिामा गणितको भार ४० बाट बढाएर ५० बनाएको छ। यसले हामीलाई के दर्शाउछ भने गणितको महत्व इन्जिनियरिङ्ग पढ्ने विद्यार्थीलाई कति? आर आर क्याम्पसमा बिसिए तहमा गणित विषय अध्यापन गरीरहनुभएका डा. पुष्कर राज पोखरेलका अनुसार  ११ र १२ मा गणित पुर्वाधार नभएका विद्यार्थी यस तहमा अध्ययन अध्यापन गर्न निकै कठिन भएको कुरा व्यक्त गर्नुभयो।    

डा. पोखरेलका अनुसार ११ र १२ मा गणित विषय अनिवार्य हुन वान्छनीय देखिन्छ।

 

प्रकाशित मिति: : 2020-01-14 18:46:05

प्रतिकृया दिनुहोस्