अन्तत: प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ।

हेटौंडामा शुक्रवार बसेको संसदीय दलको बैठकमा दलका नेता समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय पारित भएको घोषणा गरेका हुन्।

यसअघि नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेशको नाम र राजधानीका सम्बन्धमा निर्णय गर्दै सोहीअनुसार गर्न पार्टी कमिटी र संसदीय दललाई निर्देशन दिएको थियो ।

शुक्रबार बसेको दलको बैठकमा सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेको प्रमुख सचेतक रामेश्वर फुयाँल बताए।

प्रकाशित मिति: : 2020-01-11 02:38:54

प्रतिकृया दिनुहोस्