त्रिकोणात्मक टि– २० सिरिज

नेपालकाे चाैंथाे विकेट पतन, कप्तान राेहित पाैडेल ११ रनमै आउट

त्रिकोणात्मक टि– २० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल र हङकङबीचको प्रतिस्पर्धा जारी छ। काठमाडौँस्थित मूलपानी क्रिकेट मैदान नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

जारी खेलमा नेपालकाे चाैंथाे विकेट पतन भएकाे छ। कप्तान राेहितकुमार पाैडेल मात्र ११ रन बनाएर आउट भएका छन्।

यसअघि नेपालका ओपनर आशिफ शेख २० र कुशल भुर्तेल २ तथा साेमपाल कामी ८ रन बनाएर आउट भएका थिए।

नेपाल अहिले ८. १ ओभरमा मात्र ५५ रन बनाएर खेलिरहेकाे छ।

जारी सिरिजमा नेपाल र हङकङ दोस्रो पटक प्रतिस्पर्धा गर्दै छन्।

यसअघि भएको खेलमा नेपालले हङकङलाई ६ विकेटल हराएको थियो। यदि आज पनि हङकङलाई पराजित गर्न सके नेपाल एक खेल अगावै फाइनलमा पुग्नेछ।

फाइनल खेल यही कात्तिक १० गते त्रिवि क्रिकेट मैदान हुनेछ।

त्यसअघि नेपालले अर्काे खेल युएईसँग खेल्नेछ।

#अपडेट

प्रकाशित मिति: : 2023-10-21 11:46:00

प्रतिकृया दिनुहोस्