बिएल संवाददाता
कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन।
बिहीबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे, हिमालयन विल्डर्स एन्ड इन्जियर्सका उपाध्यक्ष सुजन खनाल लगायतले स्वागत गरेका थिए।
उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन। त्यस्तै, ७३ टी- २० खेलमा १३६९ रन बनाएका छन। त्यस्तै, बलिङतर्फ टी- २० आईमा ५१ विकेट लिएका छन। उनी नेपाली क्रिकेटसँग नजिकबाटै परिचित पनि छन।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ। उनी एनपिएल खेल्ने सबैभन्दा ठुलो नाम हुन।
त्यस्तै टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन। ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्। ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ। युथ एम्बेस्डरमा सिसन बानियाँ छन्। हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ।
प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ। कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया