इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा ९बकर इद० नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ।
बकर इदका अवसरमा बिहान यहाँको विपी चोकस्थित इदगाहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहित हजारौँको सङ्ख्यामा उपस्थित भई मुसलमान समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन्।
इदगाहमा जम्मा भएका हजारौँ मुसलमान समुदायले मुलुकमा अमनचैन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुसलमान अगुवा समसुद्दीन सिद्दिकीले जानकारी दिए।
बकर इदको रमझम मुख्यगरी नेपालगञ्ज नगरमा देखिएको छ। नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गरिएको छ। शहरी विकास मन्त्री राईले बकर इदको सम्पूर्ण देशवासीमा शुभकामनासमेत व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना दिए।
बकर इदको शुभकामना आदानप्रदानका लागि गैरमुसलमान धर्मावलम्बीहरु पनि इदगाह पुगेका थिए। मुसलमान अगुवा सिद्दिकीका अनुसार तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी ९बलि० दिनुपर्ने प्रमुख विशेषता रहेको छ। बकर इदमा इस्लाम धर्मावलम्बीका लागि हज र कुर्वानी अनिवार्य भएकाले मुसलमान समुदायले इदगाहमा नमाज पढेपछि दक्षअनुसारको पशु बलि कुर्वानी दिने प्रचलन रहेको छ।