पाकिस्तानमा बर्षाका कारण ३४ जनाको ज्यान गयो

Agency

नेपाल र भारतपछि पाकिस्तानमा बर्षाका कारण मर्नेको संख्या ३४ पुगेको छ। पाकिस्तानमा केही दिनदेखि परिरहेको अविरल बर्षाका कारण केटाकेटीहरूको पनि निधन भएको छ।

पाकिस्तानी मिडियाका अनुसार दक्षिणी सिन्ध प्रान्तमा मुसलधारे पानीका कारण सोमबार १८ जनाले ज्यान गुमाएका छन्। यसमा पनि बिजुलीको सट सर्किटका कारण मर्नेको संख्या अधिक रहेको बताइएको छ।

बर्षाका कारण देशको पुरानो शहर कराचीमा बिजुलीको संकट देखिएको छ। सोमबारदेखि कराचीको मुख्य ठाउँमा बिजुलीको आपूर्ति बन्द भएको छ। शहरको मध्य र पूर्वी क्षेत्र जलमग्न भएको छ।

पाकिस्तानको मौसम विभागले अघिल्लो २४ घण्टासम्म ठूलो पानी पर्ने चेतावनी दिएको छ।

सिन्ध प्रान्तका स्थानीय मन्त्री सईद गनीले बादिन र हैदराबाद जिल्लामा बर्षाको घटनाका कारण ७ जनाको मृत्यु भएको पुष्टी गरेका छन्। पाकिस्तानमा दुई महिनाअघि अत्याधिक घामका कारण जनजीवन अस्तव्यस्त थियो।

 

प्रकाशित मिति: : 2019-07-31 09:01:21

प्रतिकृया दिनुहोस्