काठमाडौं । नुवाकोट र रौतहटको एक-एक वटा वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ।
रौतहटको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा मंगलबार मध्येरातमा आगजनी भएको छ।
आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वाड अध्यक्ष रवि देबकोटाले जानकारी दिए।
देबकोटाका अनुसार कार्यालय भित्र रहेको कम्प्युटर, दराजलगायतको कागजात जलेर नष्ट भएका छन्।
यस्तै नुवाकोटको ककनी गाउँपालिका १ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ।
आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कार्यालय भित्र रहेको कम्प्युटर, दराजलगायतको कागजात जलेर नष्ट भएका छन्। घटना थाहा पाए लगत्तै पुगेको प्रहरीको टोलीले करिब १ घन्टापछि आगलागी नियन्त्रणमा लिएको थियो।
घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
आगजनी विप्लब समूहले गरेको हुन सक्ने स्थानीयको आशंका छ।