मोरङको धनपालथान गाउँपालिका–७ मुस्लिम टोलमा पोखरीमा डुबेर १५ महिनाका नाबालकको मृत्यु भएको छ ।
घर नजिकैको पोखरीमा डुबेर शिवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा छाडेर अभिभावक काम गर्न खेतमा गएका बेला आइतबार नाबालक घरैबाट बेपत्ता बनेका थिए ।
खेतबाट फर्किएर खोजतलास गर्ने क्रममा राति १० बजे घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा अभिभावकले शव फेला पारेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।