नेपाल प्रहरीले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा वम विष्फोट गराएको अभियोगमा थप एक जनालाई पक्राउ गरेको गरेको छ।
प्रहरीले बम विष्फोटमा संलग्न रहेको अभियोगमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा संगठन सदस्य दार्जे भन्ने दोर्ची शेर्पालाई बिहीबार साँझ गोङ्गबुबाट पक्राउ गरेको हो। प्रहरीले पक्राउ गरेको शेर्पालाई शुक्रबार सार्वजनिक गरेको छ।
भोजपुर षडानन्द नगरपालिका ९ स्थायी घर भएका ३३ वर्षीय शेर्पा एनसेल कार्यालयमा भएको बम विष्फोटको मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ। प्रहरी अनुसन्धानका क्रममा शेर्पाले एनसेल कार्यालयका सुरक्षा गार्डलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको सिसिटिभी क्यामेराको फुटेजमा देखिएको थियो।
यसअघि प्रहरीले उनलाई काभ्रेको काफलडाँडाबाट नियन्त्रणमा लिन खोज्दा उनी भाग्न सफल भएका थिए।
गत फागुन १० गते बेलुका एनसेल कार्यालयमा भएको विष्फोटमा एक जनाको मृत्यु भएका थियो भने तीन जना घाइते भएका थिए। उक्त घटनामा विप्लव समूहका आठ जनाको संलग्नता देखिएको थियो। त्यसमध्ये सात जना यसअघि नै पक्राउ परिसकेका छन्।
कसरी चलाउँछन् विप्लवले पैसा असुल्ने धन्दा
नख्खुदेखि थानकोटसम्मका आधादर्जन घटना माइलाको थाप्लोमा, को हुन् माइला लामा