माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ। रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो।
माडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार मगई, वगई, रतने, घाँगरलगायत खोलामा पानीको बहाव बढेको छ। बिहानैदेखि खोला बढेपछि सडकखण्ड अवरुद्ध भएको हो। रिउखोला बढेर बस्ती पस्न सक्ने देखिएपछि त्यस क्षेत्रका जनतालाई सचेत गराइएको पनि उहाँले जानकारी दिए। सडक अवरुद्ध भएसँगै सदरमुकाम भरतपुरको माडी र ठोरीसँग यातायात सम्बन्धविच्छेद भएको छ।