कैलालीमा एक युवकले मदिरा सेवनगरी आफ्नै बाबुको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका ११ सिसैया टोलमा आईतबार राति एक युवकले बाबुको हत्या गरेका हुन्। मदिराको झोकमा स्थानीय ५५ वर्षीय उदय रावतले आईतबार साँझ ७५ वर्षीय बाबु काल्चे रावत र आमा ६० वर्षीया नन्दा रावतलाई घरेलु हतियार हँसिया प्रहार गरेका थिए।
हँसिया प्रहारबाट बाबुको मृत्यु भएको छ भने आमा गम्भीर घाईते छन्।
हसिया प्रहाबाट बाबुको राति १२ बजे घरमै मृत्यु भएको र आमा नन्दालाई उपचारको लागि कोहलपुर पठाएइको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बाबुको हत्या गर्ने उदयलाई प्रहरीले बिहान ३ बजे पक्राउ गरेको छ। पक्राउ परेका उदयलाई प्रहरी थुनामा राखि आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।