सुरू भयाे दसैं

दसैंमा कस्ताे लुगा किन्ने...?

नेपालीको घर घरमा दशैं भित्रिसकेको छ। दसैं सुरु भएसँगै नेपालीहरूको घर–घरमा पनि मासु पाक्न थालिसकेको छ। 

अरू बेला जति मासु खाए पनि दसैंमा भने मासुको विशेष महत्व छ। भन्नुपर्दा दसैंमा तरकारी भनेकै मासु हो। दसैंमा जति मासुको महत्व छ, त्यतिकै महत्व छ, कपडा पनि। अरूबेला किनिने कपडाहरू भन्दा दसैंमा किनेको विशेष महत्व छ। 

दसैंमा नयाँ कपडा लगाउँदा छुट्टै सन्तृष्टी मिल्छ। भन्नुपर्दा नयाँ कपडा किनेन भने त खल्लो नै हुन्छ। दसैंको सपिङमा धेरैजसो मानिसहरूले हेभी पहिरन लगाउन खोज्छन् त कसैले हलुवा पहिरन पनि लगाउँछन्। तर दसैंमा कस्तो लुगा लगाउने भनेर सबैजना अन्योलमा हुन्छन्। 

बालबालिकालाई कस्तो लुगाा किन्ने? 

दसैं सबैभन्दा रमाइलो लाग्ने भनेकै बालबालिकाहरूका लागि हो। त्यसैले दसैंमा बालबालिकाहरूलाई लुगा किन्नुदिनु नै पर्छ। तर उनीहरूलाई कस्तो पहिरन किन्ने हो त? ३ वर्षदेखि ७ वर्षसम्मका बालबालिका जस्तो पहिरनमा पनि सुन्दर देखिन्छन्। 

तैपनि दसैंमा आफ्ना बालबालिकालाई विशेष बनाउने चाहना सबै आमाबाबुको हुन्छ। उनीहरूलाई  अनारकल्ली लेहेँगा, स्लिभलेस, हल्टर, ब्लाउज विथ नेट चोली राम्रो देखिन्छ। यो उमेरका बालबालिकाहरू अलि बढी चल्ने, दौडने र खेल्ने गर्छन्। 

त्यसैले यो उमेरका बालबालिकाका लागि धोती स्टाइलका सुरुवाल तथा छोटो कुर्ता पनि आकर्षक देखिन्छ। ८ देखि १२ वर्ष उमेर समूहका बालिकाहरूले धेरै रुचाउने पहिरन गाउन हो। 

अम्ब्रेला कुर्तामा पनि यो उमेरका बालिकाहरू निकै सुन्दर र आकर्षक देखिन्छन्। त्यसका साथैपठानी र शेरवानी पनि राम्रो देखिन्छ। 

युवतीहरूलाई कस्तो पहिरन सुट गर्छ?

बालबालिकापछि सबैभन्दा धेरै दसैं लाग्ने भनेकै युवतीहरूलाई हो। त्यसैले उनीहरू आफ्नो साइजअनुसारको गाउन अथवा नयाँ डिजाइनका कुर्था–सुरुवालहरू लगाउँदा आकर्षक देखिने आरयाज फेसनकी सीता रिजाल बताउँछिन्। 

उनका अनुसार टिनएजकाहरुका लागि लेहेंगा, साडी, लङ कुर्ती, विथ पाइन्ट, प्लाजो तथा फ्लोर लङ अनारकल्ली लगाउँदा उपयुक्त हुनेछ।

‘अहिलेका टिनएजरहरू धेरैजसो रेडिमेट कुर्थाहरू लगाउने गर्छन्। तर त्यो गर्नका सट्टामा उनीहरूले आफ्नो शरीरअनुसारको लुगा सिकाएर लगाउनु राम्रो हुन्छ’, उनले भनिन्, ‘यसो गर्नाले शरीरलाई फिट देखिने कपडा तयार हुनका साथै पैसाको पनि बचत हुन्छ।’ 

प्रकाशित मिति: : 2023-10-19 21:50:00

प्रतिकृया दिनुहोस्