नेपाली बजारमा सुनको कीर्तिमानी मूल्य: तोलाको ६५ हजार पाँचसय

नेपाली बजारमा आकासिदै सुनको भाउ । प्रतिकात्मक तस्बिर ।

नेपाली बजारमा सुनको भाउमा उच्च वृद्धि भएर नयाँ कीर्तिमान बनाएको छ । साउन ३ गते तोलाको ६५हजार पाँचसय पुगेपछि यो नयाँ कीर्तिमान बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ३ गते छापावाल सुनको मूल्य तोलाको ६५हजार पाँचसय  पुगेको छ । साउन २ गते मात्र तोलामा पाँचसय वृद्धि भई ६५ हजारमा कारोबार भएको सुनको भाउ साउन ३ गते तोलामा पाँचसय वृद्धि भएर तोलाको ६५ हजार पाँचसय पुगेको हो । 

यसैगरी तेजावी सुनको भाउ पनि ६५ हजार दुईसय पुगेको छ । 

सुनको भाउ बढ्नुमा बाहिरी र भित्री दुबै कारण रहेको सुन बजार विश्लेषकहरू बताउँछन् । बाहिरी कारणमा खाडीमा अमेरिका र इरानबीचको सम्बन्ध तनावग्रस्त भएर पेट्रोलियम पदार्थको भाउ बढिरहेको छ । भित्री कारण भने केही समययता दुई नम्बरी सुन नेपाली बजारमा भित्रिने क्रम रोकिएकाले बजारमा सुनको माग बढिरहेको छ । 



 
 
 
 
प्रकाशित मिति: : 2019-07-20 10:15:22

प्रतिकृया दिनुहोस्