असममा बाढीबाट ज्यान जोगाएको बाघ मान्छे सुत्ने खाटमा गएर सुतेपछि!

Agency

भारतको उत्तरी नाका असम बाढीबाट पुरै प्रभावित भएको छ। यहाँ मानिसहरू मात्र होइन, जनावर पनि आफ्नो ज्यान जोगाउन सुरक्षित स्थानको खोजीमा घर भित्र प्रवेश गर्न थालेका छन्।

यस्तै, एउटा घटना हालै भएको छ। असमको काजीरंगा राष्ट्रिय पार्क पुरै डुवानमा परेपछि यहाँ रहेका बाघहरू पनि बस्ती भएको ठाउँतर्फ लागेका छन्। बाढीबाट ज्यान जोगाउन लामो समयदेखि संर्घषरत एक बंगाल टाइगर राजमार्गमा बनेको एउटा घरमा विहिबार अचानक प्रवेश गरेको थियो। बाघको आगमनसँगै तनावमा रहेका स्थानीयलाई बाघले कुनै बाधा पुर्याएन। उ घरमा प्रवेश गरेर मानिस सुत्ने खाटमा आराम गरेको भारतीय समाचार एजेन्सीले बताएका छन्।

असममा बाढीका कारण हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन्।

असम वन विभागका पशु चिकित्सक डा. समसुल अलीले खाटमा सुतिरहेको बाघलाई कसरी शान्त पार्ने भनेर योजना बनाइरहेको समाचार एजेन्सीले जनाएको छ।

काजीरंगा राष्ट्रिय पार्कमा ९० प्रतिशत पानी प्रवेश गरेको थियो। भारत सरकारले असमको बाढी पीडितहरूको उद्दारका लागि २ सय ५१ करोड रुपैयाँ विपद् कोषबाट निकासा गरेको छ। बाढीका कारण असमको ३३ जिल्ला डुवानमा पर्दा ४५ लाख मानिस प्रभावित भएका छन्।

प्रकाशित मिति: : 2019-07-18 17:17:46

प्रतिकृया दिनुहोस्