कक्षा चारमा पढ्ने मन्न नेपाली साउन १ गते बिहानै बाहुनबाडातिर लगीका घर झराे (दियालाे) पु-याउन जाँदै थिए । देशभर बालिघरे प्रथाकाे रुपले चिनिएकाे प्रथा जुम्लामा लगी प्रथाबाट चिनिन्छ ।
लगी प्रथा अनुसार हुने-खाने कथित माथिल्लो जातका बाहुन वा क्षेत्री कथित तल्लो जातका लगीमानी मानिन्छन् । उनीहरुले आफ्नाे लगीका धेरै काममा सघाउनुपर्ने हुन्छ । यसरी सघायवापत कतिले कमसल खेत, पाखाेबारी वा वर्षकाे अन्तिममा केही अन्न खालाेका रूपमा दिन्छन् ।
यसरी कथित माथिल्लो जातका लगीकाे गर्नुपर्ने थुप्रै कामकाे सूचीमा पर्छ साउने संक्रान्तिकाे झराे(दियालाे) । त्यसैले मन्न मात्रै हाेइन, मन्नजस्तै थुप्रै अरू पनि आफ्ना लगीकाे घरमा झराे पु-याउन गैरहेकाे दृश्य हिजाे-अस्तिदेखि देखिदै आएकाे हाे । हिजाे अस्ति मात्र पनि हाेइन वर्षाैं अघिदेखि देखिएकाे दृश्य हाे ।
देशमा बालिघरे प्रथा अन्त्य भैसकेपनि गाउँघरमा अझै पनि यस्ता केही संस्कार र संस्कृति बाँकि नै छन् । तथापि साउने संक्रान्ति एक ऐतिहासिक महत्त्व बाेकेकाे सांस्कृतिक पर्व हाे । यसलाई किसानकाे जीवनसँग सम्बन्धित पर्वकाे रुपमा लिइदै आएकाे छ ।
सामान्यत: असारमा किसानहरु लामाे समय हिलाेमा रहन्छन् । हिलाेबाट लुताे, ततानेलगायतका छालासम्बन्धी राेग लाग्ने सम्भावना बढी हुन्छ । असार महिनाकाे काम सकिएपछि साउनमा फुर्सद हुन्छ । यही फुर्सदको पहिलाे दिनलाई साउने संक्रान्ति वा लुताे फाल्ने दिनकाे रुपमा मनाउने गरिन्छ ।
जुम्लामा साउने संक्रान्तिलाई लुताे फाल्ने दिनकाे अलावा हुनमानले लंका जलाएकाे दिनकाे स्मरण गर्ने दिनकाे रुपमा समेत मनाउँदै आएकाे संस्कृतिसम्बन्धीका जानकार रमानन्द आचार्य बताउँछन् । उनी भन्छन् 'साउने संक्रान्तिकाे दिनमा जुम्लीहरुले आफ्नाे घरकाे छतमा झराेकाे राँकाे हाल्नुकाे अर्थ हनुमानले लंका जलाएकाे दिनकाे स्मरण हाे ।'
घरकाे छतमा राँका हालेर खाेला पारिका गाउँलेहरुलाई गाली गर्दै लुताे फाल्ने गरिन्छ । यसरी साउने संक्रान्तिकाे दिन गरिने गालीका शब्दहरु अपाच्य र सुन्न नमिल्ने, भद्दा वा व्यक्ति केन्द्रित नभई खाेलापारिका समग्र गाउँले केन्द्रित हुन्छन् । यस्ता गालीमा नराम्रो दिने र राम्राे ल्याउने कुरा हुन्छन् । लुताे फाल्नलाई राँकाे फाल्दै गाली गर्ने गरिन्छ ।