मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा नेपाली सेनाको बज्रदल गणको नेतृत्वमा आज दैवी प्रकोप विपद् उद्धारसम्बन्धी अभ्यास गरिएको छ ।
सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता रहेको गण्डकी प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ।
आगामी साउन ३ गतेसम्म जारी रहने सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ९८ सुरक्षाकर्मीको सहभागिता रहेको छ । रासस