विवादमा नेपाली सेना, यस्तो छ इतिहास
कुसुम गौतम
'आमा! साथीको कल आएको छ। एकछिन् म गएर आइहाल्छु है', मनेलाई रक्सीको लतले असह्य बनाई सकेको छ।
एक घुँट रक्सीले घाँटी भिजाउन पाए उसलाई धेरै राहत मिल्ने थियो। तर आमाले भनिन्, 'जानु पर्दैन, तँलाई थाहा छैन? राति ८ बजेदेखि बाहिर जान निषेध छ। कर्फ्यु लाएको छ भन्ने कुरा।'
धनमायाले छोरोलाई हप्काइन्।
बर्मामा सैनिक शासकले षड्यन्त्रमार्फत देशको बागडोर लुटेको दिनदेखि जनताहरुको जिउँने कला नै परिवर्तन भएको छ। डर र पराधिनको सीमा भित्र बाँधिएर मान्छेका स्वतन्त्रताहरु हराएको पनि आठ महिना भइसक्यो।
सैनिक शासकको अन्याय र अत्याचारलाई सहन नसकेर जनाताहरुले सैनिक शासनविरुद्ध आवाजहरु उठाउँन थाले। त्यसैले सैनिक शासकले जुलुसहरु रोक्न हजारौँ षड्यन्त्र अपनाउन थाल्यो।
लुट्नु, मार्नु, पिट्नु र बिना वारेन्ट जेल तोक्नु उसको निजी खेल भइरहेको छ। यस्तो परिस्थितिमा धनमायाले आफ्नो एकलौटो छोरोलाई बाहिर जाने अनुमति दिन सकिनन्। राति बम र बन्दुकका डर लाग्दा आवाजहरु सुनिन थालेको छ, अचेल।
आमाको हप्काइ सुनेर मने चुपचाप आफ्नो काेठातिर लाग्छ।
रातको करिब १०/११ बजेपछि बन्दुकका गोली र बमका आवाजहरु सुनेर धनमाया झसङ्ग ब्युँझन्छिन्। मुटुमा चिसो पस्छ र एकपटक भगवानको नाम जप्छिन्, 'हे प्रभु, यी अत्याचारीहरुले के के विनाश पारे होला !'
बिहानको नित्य कर्म सकेपछि सधैँझैँ धनमायाले मनेलाई उठाउँछिन्। तर मने आफ्नो काेठामा थिएन। अचानक टेलिफोनको घण्टी बज्छ।
धनमायाले उठाउँछिन्, 'हेलो !'
उताबाट आवाज आउँछ, 'यो मनुको घरको नम्बर हो?'
धनमायाले फेरि भन्छिन्, 'हो !'
यत्तिकैमा फोन कट्छ। र ढोकाको बेल बज्छ।
धनमायाको ढोका अगाडि सेतो कपडामा लपेटिएकाे, गोलीहरुले छिद्र-छिद्र भएको एउटा रक्ताम्य शव तेर्सिएको हुन्छ।
आखिर रक्सीको लतले मनेको मात्र हैन, आमाको ममताको पनि हत्या भयो !
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया