कुसुम गौतम
सदियौंबाट बलेर आएको
एउटा अमर दीपशिखा
सर्वोच्च शान्ति भूमिबाट
गोरेटाहरुका अन्धकारलाई पन्छाउँदै
उज्यालोको महत्त्वलाई दर्शाउने पथदर्शी
पूर्वि आकाशको भागमा उदाउने शूर्य झैँ
नेपाली जगतभन्दा पनि
धेरै टाढा-टाढासम्म
मानौँ विश्वभरिकै
उज्वल भविष्य बनेर आयौ
तनहुँको रम्घा गाउँमा
जगतमा किर्ति राख्ने घाँसीको विचारले प्रेणित
हृदयबाट पोखिएका उन्मुक्त भावहरु
भाषा र साहित्यका चरमसीमा चुम्न पुगे
अनमोल काव्य र कृतिहरु रचेर
अनन्त भाषिक यात्राहरुमा
भाषाका आदिम सर्जक बन्यौ
त्यसैले तिमी आदिकवि भानु
साहित्यिक बाटिकाका
अजम्बरी दुबो।
फुटेका सन्तति, टुक्रिएको देश
भाषाविहिन भौतारिएको समाजमा
भाषाको बिगुल फुक्ने
नेपाल आमाका कोइली तिमी।
उजाड हृदयहरुमा
भाषाको बिउ छर्दै
सिर्जनाका फूल फुलायौ
जाति र राष्ट्रको
अस्तित्त्व झल्काउँने
सुन्दरता र सुवासका कलम तिमी।
भानु ! तिम्रा किरणहरु
बन्द कोठा भित्र
खुला आकाशभरि
बगेको नदीमा
स्वच्छ पवनको गतिमा
फैलिरहेका छन्
निरन्तर...निरन्तर...
त्यसैले भानु,
आज तिमी अमर छौ
हाम्रो भाषा अमर छ
अनि हामी अमर छौँ।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया