कुसुम गौतम
सदियौंबाट बलेर आएको
एउटा अमर दीपशिखा
सर्वोच्च शान्ति भूमिबाट
गोरेटाहरुका अन्धकारलाई पन्छाउँदै
उज्यालोको महत्त्वलाई दर्शाउने पथदर्शी
पूर्वि आकाशको भागमा उदाउने शूर्य झैँ
नेपाली जगतभन्दा पनि
धेरै टाढा-टाढासम्म
मानौँ विश्वभरिकै
उज्वल भविष्य बनेर आयौ
तनहुँको रम्घा गाउँमा
जगतमा किर्ति राख्ने घाँसीको विचारले प्रेणित
हृदयबाट पोखिएका उन्मुक्त भावहरु
भाषा र साहित्यका चरमसीमा चुम्न पुगे
अनमोल काव्य र कृतिहरु रचेर
अनन्त भाषिक यात्राहरुमा
भाषाका आदिम सर्जक बन्यौ
त्यसैले तिमी आदिकवि भानु
साहित्यिक बाटिकाका
अजम्बरी दुबो।
फुटेका सन्तति, टुक्रिएको देश
भाषाविहिन भौतारिएको समाजमा
भाषाको बिगुल फुक्ने
नेपाल आमाका कोइली तिमी।
उजाड हृदयहरुमा
भाषाको बिउ छर्दै
सिर्जनाका फूल फुलायौ
जाति र राष्ट्रको
अस्तित्त्व झल्काउँने
सुन्दरता र सुवासका कलम तिमी।
भानु ! तिम्रा किरणहरु
बन्द कोठा भित्र
खुला आकाशभरि
बगेको नदीमा
स्वच्छ पवनको गतिमा
फैलिरहेका छन्
निरन्तर...निरन्तर...
त्यसैले भानु,
आज तिमी अमर छौ
हाम्रो भाषा अमर छ
अनि हामी अमर छौँ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया