बिएल संवाददाता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग आज बिदाइ भेटघाट गरेका छन्।
२०७८ साल कात्तिक २५ गते कार्यभार सम्हालेका प्रदेश प्रमुख खापुङ यही २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन्।
बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उनले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे। भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको थियो।
मुख्यमन्त्री कार्कीले प्रदेशमा सीमित स्रोतसाधनका बीच विकास र स्थिरतालाई अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी दिँदै संघीयतापछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका प्रदेश प्रमुख खापुङप्रति हार्दिक आभार व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन खेलेको भूमिकाप्रति पनि आभार व्यक्त गरे।
भेटघाटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गरेका थिए।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ। एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने संवैधानिक व्यवस्था छ।
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया