बिएल संवाददाता
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
‘राष्ट्रिय जेनजी नागरिक अभियान’का संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले आनीको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै संयुक्त रुपमा रिट दायर गरेको हो।
आनीको नियुक्तिको वैधानिकतामाथि गम्भीर प्रश्न उठाउँदै संगठनले सरकारको बारम्बार ध्यानाकर्षण गराउनुका साथै पटक–पटक खबरदारी गर्दै आएको अभियानका सहसंयोजक अजय सोडारीले बताए।
तर, अभियानले उठाएका प्रश्न र सार्वजनिक चासोलाई बेवास्ता गर्दै सरकारले डोल्मालाई दलबलसहित कोषमा उपस्थित गराई कार्यभार सम्हाल्ने वातावरण बनाएको आरोप लगाउँदै अभियान सर्वोच्च पुगेको हो।
उक्त रिटको पेशी भोलिका लागि तोकिएको छ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिरबाट आनीलाई नियुक्त गरिएको रिटमा जिकिर गरिएको छ। रिटमा उपाध्यक्ष पदमा नियुक्त आनीको नियुक्ति खारेज गर्न माग गरिएको छ।
नियुक्तिको कानुनी वैधता परीक्षण गर्न तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको अभियानले जनाएको छ।
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया