शुक्रबार, ३० अक्टोबर २०२६

पत्रकार विश्वमणि सुवेदी र शोभराज बराल पक्राउ

News Image
• • •

प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ।

सादा पोशाकमा आएका ३ जना प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका पत्रकार सुवेदीलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको नेपाल प्रेसले जनाएको छ।

प्रहरीको भ्यानमै आएका उनीहरुले गेटमा रहेका गार्डलाई साथी भेट्न आएको भनेर भित्र छिरेर आफूहरू अपराध अनुसन्धानबाट आएको र ‘आइजी साब’को आदेश रहेको भन्दै पत्रकारलाई पक्राउ गरेको नेपाल प्रेसले बतायो।

त्यस्तै प्रहरीले मोटिभेट न्युजका बराललाई बानेश्वरको बिजुली बजारस्थित आफ्नै कार्यालयबाट पक्राउ गरेको छ।

सादा पोशाकमा आएका प्रहरीले कार्यालयबाट केही कुरा गर्नुपर्ने छ भन्दै बराललाई नियन्त्रणमा लिएका मोटिभेट न्युजले बताएको छ। उनलाई बराललाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!