पेरिस । फ्रान्सको राष्ट्रिय दिवसको अवसरपारेर पेरिसमा १४ जुलाईका दिन नेपाली दूतावासले नेपाल चिनाउने गरीसांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। अन्तर्राष्ट्रियनेपाली कलाकार समाज (इनास) फ्रान्सले नेपाली कला र संस्कृतिको प्रतिनिधित्व गर्दै कार्यक्रमको आयोजना गरेको हो।
पछिल्लो समय फ्रान्समा नेपाली कला र संस्कृतिको जगेर्ना र उत्थानमा सक्रिय रूपमा लागिपरेको इनास फ्रान्सको तर्फबाट फ्रान्समा बसोबास गरिरहेका सोफिया बस्नेत, मेनुका थापा, दिलिसा भट्ट, मुना शर्मा, केन्जल अधिकारी र अञ्जु शर्मा सापकोटाले विभिन्न भेषभुषामा सजिएर नेपाली संस्कृतिमा नृत्य प्रस्तुत गरेका थिए ।
प्रत्येक वर्ष फ्रान्सले जुलाई १४ लाई फ्रेन्च डे का रूपमा मनाउने गरेको छ। नेपाली दूतावासका तर्फबाट दीपक अधिकारीको उपस्थिति थियो।