काठमाडौं । अविरल वर्षासँगै आएको बाढी–पहिरोले मुलुकको प्रदेश नम्बर १,२ र ३ का विभिन्न जिल्लामा परी शनिबार साँझसम्म ३४ जनाको मृत्यु भएको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी २१ व्यक्ति बेपत्ता भएका छन्। २६ जना घाइते भएका छन् ।
बाढी–पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा ६ जना, भोजपुरमा ५ जना, काठमाडौं, काभ्रे रखोटाङमा तीन/तीनजना, धादिङ, मकवानपुर र सिन्धुलीमा दुई/दुईजना तथा झापा, इलाम, ओखलढुंगा, पर्सा, बारा, रामेछाप, सुनसरी, र चितवनमा एक/एकजना गरी ३४ जनाको मृत्यु भएको छ।
बाढी–पहिरोमा परी सिन्धुलीमा ६ जना, इलाममा ३ जना, मोरङ र मकवानपुरमा २-२ जना, तथा सुनसरी, झापा, महोत्तरी, रौतहट, पर्सा, पाँचथर, काठमाडौं र धादिङमा एक/एकजना गरी २१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीकार्य जारी छ ।
यस्तै, रौतहटमा ५, सिराहा, महोत्तरी, भोजपुर, धनकुटा, काभ्रेमा २-२ जना,मकवानपुर, काठमाडौं, धादिङ, ललितपुर, रामेछाप, दोलखा, खोटाङ, र सर्लाहीमा एक/एकजना गरी २६ जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको प्रहरीले जनाएको छ ।
बाढी–पहिरोमा परेका मोरङका ४००, सिराहाका ५०००, सर्लाहीका ३००० महोत्तरीमा ५००, रौतहटमा २००, बारा १६६५, पर्सा १२० गरी ११ हजारभन्द बढी बिस्थापित भएको गृह मन्त्रालयले जनाएको छ।
राजमार्ग अवरुद्ध