उ एउटा निर्वस्त्र कविता हो
जसको हातमा काला, निला, हरिया,
अनि राता-राता काँचका चुरा लगाएर
साहित्यको पसलमा हुर्किने प्रयास गर्दैछे
कलम र मसीको साहारा लिएर
उ आफूलाई अबला भनेर
सेतो साडीभित्र फनफनी बेरिएर
आफ्नो निर्लज्जतालाई लुकाउने प्रयासमा छे।
उसले यो अनुमान लगाएकी छे-
केही आँसु र मासुको अदला-बदलीमा
उ समकालीन कविताको महारानी हुन्छु भनेर
तर त्यो सम्भव छैन,
किनभने यहाँ साहित्यका उपासकहरुले
कठोर तपस्या गरिरहेका छन्
त्यही भएर उसको मोहनी लाग्दैन
लगाए जति पनि
उसले, जसको हात महादेव भनेर समातेको छ
अनि ताते गर्दै हिँड्ने गरिरहेकी छे शब्दहरुलाई कुल्चेर
न त्यो हात महादेवको हो
न त्यो हिँडाइ साहित्यको हो
वास्तवमा त्यो एउटा निर्वस्त्र कविता हो
जो समकालीन कवितामा
भित्रपट्टी र भित्रैबाट लाग्ने
एउटा कालो ग्रहण हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया