बाढी प्रभावित क्षेत्रमा विराटनगरका मेयरलगायत सबै सक्रिय

बिएल

अविरल बर्षाका कारण विराटनगरका केही वडा डुवानमा परेका छन् । जसका कारण जनजीवन प्रभावित भएको छ । विराटनगरका वडा नं १,६,७, ११,१२,१५,१६,१८ र १९ का सर्वसाधारण बाढीबाट प्रभावित भएका छन् । 

पीडितलाई विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा राखिएको छ । विराटनगर स्थित वडा नं.१ को विजयपुर टोल नयाँ बस्ती,पाथिभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा सेल्टर बनाएर बाढी पीडितलाई राखिएको वडाध्यक्ष उद्धव अर्यालले जानकारी दिए। वडा नं. ७ मा पानीको सतह घटेपछि शनिवार आफ्नै घरमा बाढी प्रभावित परिवार फर्केको अर्का वडाध्यक्ष मधुबाबु तिवारीले जानकारी दिए।

वडा नं. ११ को ब्रमपुरा र धुधुवामा बाढी पीडित रहेका छन् , उनीहरूले घर छोड्न नमानेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए। वडा नं. १२ को बखरी आधारभूत विद्यालयमा बाढी प्रभावित परिवारलाई राखिएको वडाध्यक्ष हिरालाल कामततले जानकारी दिए।

यस्तै वडा नं १६ को मिल्स मावी र हुलास मेटलमा बाढी प्रभावितलाई राखिएको वडाध्यक्ष मनोज सुव्बाले जानकारी दिए। वडा नं १९ का विभिन्न स्थानमा बाढी प्रभावित रहेको र उनीहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडाध्यक्ष बद्रिनारायण सरदारले जानकारी दिए।

सेल्टर र विद्यालयमा राखिएका बाढी प्रभावितलाई विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको छ । बाढी प्रभावितको अवस्था बुझ्ने र संख्या एकिन गर्ने काम भइरहेको विराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले जानकारी दिए।

विराटनगरमा राहत तथा उद्धारका लागि विभिन्न सामाजिक संघसंस्था खटिएका छन् । सबै वडामा मेयर पराजुली सहित उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी सहितको टोली पुगेर वस्तुगत अवस्था बुझ्ने काम भइरहेको छ।

प्रकाशित मिति: : 2019-07-13 15:43:30

प्रतिकृया दिनुहोस्