‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना परेर अझै तीन जना बेपत्ता भएका छन्।
नागरिक उड्यान प्राधिकरणकाअनुसार बेपत्ता ७२ जनामध्ये ६९ जनाकाे शव हिजाे (आइतबार) नै फेला परेकाे थियाे भने बाँकी तीन जना बेपत्ता थिए। आइतबार अँध्याराे भएपछि उनीहरुकाे खाेजी कार्य स्थगित गरिएकाे थियाे।
बेपत्ता तीन जनाकाे खाेजीमा खटिएकाे नेपाली सेनाकाे टाेली रातभर सेती खाेँचमा नै बसेकाे थियाे। साे टाेलीले बिहानदेखि नै खाेजी कार्या जारी राखेपनि अहिलेसम्म नभेटिएकाे नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
जहाज दुर्घटनस्थल गहिराे खाेँचमा रहेकाले खाेजी कार्यमा कठिनाइ भएकाे उनकाे भनाइ छ।
जहाजमा दुर्घटनामा परेर मृत्यु भएका ६९ जनालाई पाेखरास्थित गण्डकी अस्पतालमा राखिएकाे छ। हिजाे रातिसम्म गरेर शव संकलन गरेता पनि अहिलेसम्म केही शवकाे पहिचान हुन सकेकाे छैन।
बेपत्ता तीन जनालाई खाेजेर र गण्डकी अस्पतालमा रहेका शव पाेष्टमार्टम गरेर आजै काठमाडाैँ ल्याउने तयारी रहेकाे कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर अधिकारीले जानकारी दिए।
आइतबार बिहान १०:३२ बजे काठमाडाैँबाट पाेखराकाे लागि उडेकाे यति एयरकाे ९एन– एएनसी एटीआर- ७२ जहाज सेती खाेँचमा दुर्घटनामा परेकाे थियाे।
जहाज दुर्घटना भएपछि सरकारले आज शाेक बिदा दिएकाे छ। भने, यति एयरलाइन्सले आफ्ना सबै उडान रद्द गरेकाे छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया