नेपालमा लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण ज्यान जानेको संख्या ३० पुगेको छ भने १८ जना बेपत्ता भएका छन्।
गृहमन्त्रालयले शनिबार दिउँसाे उपलब्ध गराएकाे आधिकारिक तथ्यांक हो यो । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा धेरै ललितपुरमा ५ जनाको ज्यान गएको छ। यसैगरी, काभ्रे, काठमाडौं र खोटाङमा तीन-तीन जनाको ज्यान गएको छ।
धादिङ, भोजपुर,सिन्धुली, मकवानपुर र दुई-दुई जनाको पहिरोमा परेर मृत्यु भएको छ।
त्यस्तै, बारा, पर्सा, रामेछाप, सुन्सरी, चितवन, ओखलढुंगा, झापा र इलाममा एक-एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशका बिभिन्न स्थानबाट १६५ जनाको उद्धार गरीएको मन्त्रालयले जानकारी दिएको छ।
साथै बाढीका कारण ४ सय ३५ परिवार बिस्थापित भएको छ।
प्रदेश एकमा ९ को मृत्यु, ४ बेपत्ता
बिहीबारदेखि परेको अबिरल बर्षाले गर्दा एक नम्बर प्रदेशमा ९ जनाको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा चार बालबालिका दुई जेष्ठ नागरिक र एक महिला छन्।
भोजपुरको रामप्रसाद राई गाउँपालिका ७ का ६६ वर्षीय जगतबहादुर राईको आफनै घरले किचेर मृत्यु भएको थियो।
यस्तै भोजपुरकै टयाम्के गापा ९ का १४ वर्षीय जनक बिश्वकर्माको टवाईलेट भत्किएर किच्दा मृत्यु भएको थियो।
ओखलढुंङगााको चिसुङखुगडी गाप ४ का ८५ वर्षीय पासाङ पुटी शेर्पा, इलामको चुलाचुली गाप १ का ५० वर्षीय अञ्चल लावती र झापाको दमक नगरपालिका १० की ६ वर्षीया ऐलिजा न्यौपानेको खोलाले बगाउँदा मृत्यु भएको थियो।
खोटाङको खोटेहयाङ गाउँपालिका २ की २८ वर्षीया रेखा राई र उनका छोराहरु ४ वर्षीय रोमन र ७ महिनाका रोहन राईको घरले किचेर मृत्यु भएको छ।
सुसनरीको ईटहरी उपमहानगरपालिका ५ मा उदयपुर स्थायी घर भएका ३५ वर्षीय सागर थापाको खोलाले बताउँदा मृत्यु भएको छ ।
चार जना बेपत्ता
बेपत्ता हुनेमा दुई बालबालिका एक महिला र एक पुरुष छन्। सुनसरीको बराहाक्षेत्र नपा १ का १० वर्षीय अर्पन राई र मोरङको कानेपोखरी गापा २ का नाम नखुलेका अन्दाजी ३० वर्षीय व्यक्ती खोलामा बगेर बेपत्ता भएका छन्।
पाँचथरको मिक्लाजुङ गाप ४ का ९ वर्षीय दिवन राई र झापाको भद्रपुर नगरपालिका ९ का ४५ वर्षीय सफल हज्दा खोलामा बगेर बेपत्ता भएका छन्।